दाङ, मङसिर २१ ।
सुरक्षाको माग गर्दै आज आइतरबार दाङ जिल्लाका सुनचाँदी पसलहरु बन्द गरिएका छन् ।
शनिबार लमहीमा भएको गोली प्रहारको घटनापश्चात सुरक्षाको माग गर्दै आज आइतबार जिल्लाका सुनचाँदी पसल बन्द गरिएको सुन चाँदी व्यवसायी संघले जनाएको हो । असुरक्षाका कारण जिल्लाका सम्पूर्ण सुनचाँदी पसलहरु बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
हिजो शनिबार दिउँसो साढे १ बजेतिर जिल्लाको लमही नगरपालिका –५ स्थित ‘जुनतारा सुनचाँदी पसल’मा लुटपाट गर्ने उद्देश्यले गोली चलेको थियो ।
गोली लागेर पसलका कालीगढ १८ वर्षीय दीपक सुनार सामान्ने घाइते भएका छन् । उनको लमहीमा उपचार जारी छ ।


