ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु – Kanika Khabar
Sunday, April 27Nepali News Portal

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
आज साँझ पश्चिम चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
उक्त घटनामा परी भरतपुर महानगरपालिका– २५ अमृत चोकका ६० वर्षीय लक्ष्मण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जप्काबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना ४ ख ७३६७ नम्बरको ट्रकले पैदलयात्री महतोलाई साँझ ५ः३० बजे ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । उनलाई ठक्कर दिने ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्