“मेरो देश-मेरो जिम्मेवारी” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Kanika Khabar
Friday, January 23Nepali News Portal

“मेरो देश-मेरो जिम्मेवारी” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    मा प्रकाशित

दाङ, २५ मङ्सिर ।
प्राज्ञिक विद्यार्थी परिषद्ले बुधबार घोराहीमा आयोजना गरेको “मेरो देश-मेरो जिम्मेवारी” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुधबार प्राज्ञिक विधार्थी परिषद घोराही नगर सचिव आर्यन क्षेत्रीको अध्यक्षता र दाङ भ्याली कलेज घोराहीका प्रमुख बिष्णु प्रसाद बन्जाडेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा ज्ञानमाला एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा अदिति केसी प्रथम,मनकामना अङ्ग्रेजी माविमा कक्षा ९ मा अध्ययनरत छात्रा सविना तामाङ दोस्रो र दीपशिखा आवासीय माविमा कक्षा १० मा अध्ययनरत छात्रा तेजस्वी डाँगी तेस्रो भएका छन् ।
यसैगरी राजविधा पाठशालामा कक्षा ९ मा अध्ययनरत अर्नभ चौवे र जयशेर माविमा कक्षा १० मा अध्ययनरत उर्मिला बुढा मगर सान्त्वना भएका छन् ।
कार्यक्रमको सञ्चालन खगेन्द्र चौलागाईले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्