मार्क इन्टरनेसनल कलेजमा बिबिएस प्रथम वर्षका विद्यार्थीको स्वागत – Kanika Khabar
Friday, January 23Nepali News Portal

मार्क इन्टरनेसनल कलेजमा बिबिएस प्रथम वर्षका विद्यार्थीको स्वागत

    मा प्रकाशित

दाङ, मंसिर २७ । दाङको घोराहीमा रहेको मार्क इन्टरनेसनल कलेजमा बिबिएस प्रथम वर्षका नव आगन्तुक विद्यार्थीलाई आज शनिबार स्वागत गरिएको छ ।
मार्क इन्टरनेसनल कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुले होटल माला इनमा एक कार्यक्रमको आयोजना गरि बिबिएस पहिलो वर्ष अध्ययनरत विद्यार्थीलाई स्वागत गरेका हुन ।
मार्क इन्टरनेशनल कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत छात्र टिकाराम भुसालको सभापतित्व एवं कलेजका अध्यक्ष रमेश केसीको प्रमुख आतिथ्यता र कलेजका निवर्तमान अध्यक्ष दिनेशकुमार भट्टराई र क्याम्पस प्रमुख लालमणी बसेलको बिशिस्ट आतिथ्यतामा स्वागत कार्यक्रम सम्पन्न भएको थियो । नव आगन्तुक विद्यार्थीलाई टीका र खादा लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कलेज प्रमुख केसीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसग ब्यवहारिक शिक्षालाई जोडेर दक्ष जनशक्ति उत्पादन गर्नेगरि दुई दशकभन्दा लामो समयदेखि कलेजले आफ्नो सेवा दिइरहेको बताउनुभयो । कलेज प्रमुख लालमणी बसेलले कलेजले समय सापेक्ष शिक्षा प्रदान गरि प्रतिस्पर्धामा उत्रन सक्ने दक्ष जनशक्ति तयार गर्नेगरी आफ्ना कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । कलेजका रिसर्च कोर्डिनेटर प्राध्यापक नौला बहादुर खड्काले अभिभावकको चाहना अनुसार विद्यार्थीले मिहिनेत गर्नुपर्ने र त्यसको परिणामका लागि सिङ्गो कलेज प्रशासन गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाकी नराखी लागिरहेको बताउनुभयो ।कलेजका पूर्व प्रमुख बामदेव लामिछानेले अहिलेका विद्यार्थीसग धेरै क्षमता भएको र विद्यार्थीले कलेजप्रति गरेको बिश्वासलाई टुट्न नदिनेगरी पठनपाठन अघि बढाइने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेजका कोर्डिनेटर प्राध्यापक कृष्ण बहादुर केसी, परिक्षा कोर्डिनेटर सन्दीप न्यौपाने, प्राध्यापकहरु यज्ञ केसी, श्याम कुमार आचार्य,गेहेन्द्रराज अधिकारी, कमल रेग्मी, सुरज गुप्ता, बालगोपाल गुप्ता,शिशिर रोका क्षेत्री र नबिनकुमार गौतम, विद्यार्थीहरु अपेक्षा गिरि, शुशान्त पोख्रेल, प्रज्ज्वल केसी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
स्वागत कार्यक्रममा विद्यार्थीहरु नेपाली भेषभुषा झल्कने कल्चरल सो, एकल र सामुहिक नृत्य, गीत, कविता, मुक्तक, रमाइलो खेल लगायतका प्रस्तुति राखेका थिए ।
दोस्रो वर्षका विद्यार्थी माधव लम्सालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको पहिलो चरणका सहजीकरण विद्यार्थीहरु नवीन गौतम र स्नेहा घिमिरे र दोस्रो चरणको कार्यक्रमको सहजीकरण अशोक भण्डारी र गुन्जन बिध्वकर्माले गर्नु भएको थियो ।
बिबिएस र एमबिस कार्यक्रम संचालनमा रहेको मार्क इन्टरनेसनल कलेजले दाङकै पुरानो र लोकप्रिय कलेजका रुपमा आफूलाई स्थापित गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्