अवरुद्ध त्रिदेशीय मार्गको पहिरो पन्छाइंदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

अवरुद्ध त्रिदेशीय मार्गको पहिरो पन्छाइंदै

    मा प्रकाशित

कनिका खबर
साउन २२, नुवाकोट
त्रिदेशीय मार्गको रुपमा रहेको त्रिशूली–स्याफ्रुवेशी–रसुवागढी सडक पहिरोका कारण अवरुद्ध भएपछि पन्छाउने कार्य भइरहेको छ । अविरल वर्षाले खसेको पहिरोले रसुवागढी नाका जोड्ने सडक यस वर्ष पाँच दिन अगाडि दशौं पटक अवरुद्ध भएको हो । अवरुद्ध रसुवागढी नाका जोड्ने सडक एक हप्ताभित्र एकतर्फी सञ्चालनमा ल्याउने योजना अनुसार कार्य भइरहेको सडक कार्यालयले जनाएको छ । धुञ्चे–स्याफ्रुबेसी सडकखण्डको भार्खुडाँडामा पहिरोले कटान भएको सडक मर्मतको काम चलिरहेकाले अबको एकहप्ताभित्र सञ्चालनमा आउने सडक डिभिजनल कार्यालय नुवाकोटले जानकारी दिएको छ । नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका हाल सञ्चालनमा रहेको छोटो दुरीको एउटै नाका हो । सो सडकमार्गको धुन्चे–स्याफ्रुबेसी सडक खण्डको खोपाङ भीरमा ठुलो पहिरो गएपछि सडक फेरी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्