दाङको प्रहरी प्रमुखमा गणेश चन्द आउदै – Kanika Khabar
Thursday, February 13Nepali News Portal

दाङको प्रहरी प्रमुखमा गणेश चन्द आउदै

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख २१, दाङ ।

दाङको प्रहरी प्रमुखको रुपमा गणेश चन्द आउने भएका छन् । प्रदेश ५ को ट्राफिकको प्रहरी प्रमुख समेत भइसकेका चन्द दाङको नयाँ प्रहरी प्रमुखको रुपमा आउन लागेका हुन् ।

दाङका प्रहरी प्रमुख जनक भट्टराई हालै मात्रै एसएसपीमा बढुवा भएर प्रहरी प्रधान कार्यालयको तालिम केन्द्रमा पदस्थापन भएपछि भट्टराईको ठाउमा नयाँ प्रहरी प्रमुखको रुपमा चन्द आउन लागेका हुन् । प्रहरी सेवामा प्रवेश गरेर लामो समय काम गरेका चन्द विभिन्न जिम्मेवारीमा रहेर कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्