घर घरमै पुगेर विद्यार्थीलाई गृहकार्य – Kanika Khabar
Thursday, April 25Nepali News Portal

घर घरमै पुगेर विद्यार्थीलाई गृहकार्य

    मा प्रकाशित

कनिका खबर
साउन २३, दोलखा
लामो समयदेखि विद्यालय बन्द हुँदा पठन पाठनका विभिन्न अभ्यासहरू भइरहेका छन् । दोलखाको भीमेश्वर नगरपालिका क्षेत्रका विद्यालयले घर घरमै पुगेर विद्यार्थीलाई गृहकार्य दिन थालेका छन् । भीमेश्वर नगरपालिका–२, स्थित भीम माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने प्रमिला शिवाकोटी, गृहकार्य पाएपछि खुशी हुनुहुन्छ । लकडाउन भइरहँदा वैकल्पिक माध्यमबाट पढाइ सुरु गरिएको भएपनि विद्यार्थीले खासै रुची देखाएनन् । तर कार्यतालिका बनाएर गृहकार्य दिएपछि पठन पाठनमा विद्यार्थीको सक्रियता बढेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका भित्रका विद्यालयले घरमा रहेका विद्यार्थीलाई सिकाइमा जोड्न साउन ११ गतेदेखि कार्यतालिका सहितको गृहकार्य दिन सुरु गरेका हुन् । शिक्षकहरू घरमै पुगेर हात हातमा गृहकार्य दिएपछि विद्यार्थीहरू अध्ययनशील भएका एकजना अविभावक नारायणलक्ष्मी प्रधानले बताउनुभयो । भीमेश्वर नगरपालिका भित्रका ४२ वटा सामुदायिक र १३ वटा नीजि विद्यालयका शिक्षकहरू यतिबेला विद्यार्थीको घर घरमा पुगिरहेका छन् ।

त्यसले सकरात्मक परिणाम दिने बुढा भिमसेन माध्यामिक विद्यालयका प्रधानाध्यापक राजन कार्कीको विश्वास छ । भीमेश्वर नगरपालिकाले कार्य तालिका सहितको गृहकार्य वितरणका लागि स्वास्थ्य सुरक्षा अपनाएर शिक्षकहरुलाई विद्यार्थीको घर घरमा पठाएको छ । कार्य तालिकाले लकडाउनको अवधिमा विद्यार्थीको अध्ययनको स्तर कस्तो रहेछ भनेर विश्लेषण गर्न सहज हुने र त्यसैको आधारमा थप योजना बनाउने नगरपालिकाको शिक्षा शाखाका अधिकृत अर्जुन कार्कीले बताउनुभयो ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई पढाइप्रति निरन्तर सक्रिय राख्न भीमेश्वर नगरपालिकाले सुरु गरेको यो अभियान सकरात्मक देखिन्छ । तर अभियानको निरन्तरता र नरगभित्रका सम्पूर्ण विद्यार्थीको सहभागितामा ध्यान पु¥याउन भने जरुरी रहेको अविभावकहरूको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्