लमहीमा दुई दिन विद्युत सेवा अबरुद्ध हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

लमहीमा दुई दिन विद्युत सेवा अबरुद्ध हुने

    मा प्रकाशित

सरद सागर देबकोटा
लमही, २३ साउन ।

लमही नगरपालीकाको केही क्षेत्रमा आज र भोलि अर्थात दुई दिन विद्युत सेवा अबरुद्ध हुने भएको छ । नेपाल बिधुत प्राधिकरण लमही बितरण केन्द्र अन्तर्गत पर्ने लमही नगरपालिका वडा नं ५,६,७,८ मा लमही फिडर ११ केभी पूर्वमा बजार क्षेत्र र पश्चिममा सतबरियासम्म र लमही नगरपालिका वडा नं १, २, ३ र ४ मा भालुबाङ फिडर ११ केभी पश्चिममा बजार क्षेत्रदेखि पूर्वमा नर्तीसम्म बुस कटिङ गर्नु पर्ने भएको हुँदा दुई दिन आज र भोलि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्बन्धी क्षेत्रमा विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण लमही बितरण केन्द्रले सुचना मार्फत जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्