ट्राफिक प्रहरीद्वारा अछाममा २२ लाख ५५ हजार राजश्व सङ्कलन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

ट्राफिक प्रहरीद्वारा अछाममा २२ लाख ५५ हजार राजश्व सङ्कलन

    मा प्रकाशित

एकेन्द्र महता
साउन २३, अछाम ।
जिल्ला ट्राफिक कार्यालय अछामले गत आर्थिक बर्षमा २२ लाख ५५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले तीन हजार ८ सय ७५ ओटा सवारी साधन कारबाहिबाट सो रकम संकलन गरेको हो । कार्यालयले सिटबेल्ड नभएका, क्षमता भन्दा बढि यात्रु राखि चलाएका, मादक पदार्थ सेवन गर्नेलाई कारवाही गरेको थियो । यस्तै छतमा सामान ओसारपसार गर्ने र तीव्र गतिमा चलेका सवारी साधनलाई कारबाहीबाट सो रकम संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय अछामका प्रमुख विक्रम चन्दले जानकारी दिए ।
कार्यालयले गत साउनमा तीन सय २९ ओटा सवारी साधनलाई कारबाहीबाट १ लाख ७६ हजार पाँच सय रुपैयाँ, भदौमा तीन सय २८ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ८० हजार रुपैँया र असोज महिनामा चार सय ९५ ओटा सवारी साधनलाई कारबाहीबाट २६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यस्तै कार्तिकमा सात सय एक सवारी साधनलाई कारबाहीबाट ९२ हजार पाँच सय रुपैयाँ, मंसिरमा चार सय ३६ ओटा सवारी साधनलाई कारबाहीबाट दुई लाख ४१ हजार रुपैयाँ, र पुष महिनामा दुई सय ६३ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यलय प्रमुख चन्दले जानकारी दिए ।
कार्यालयको तथ्याङ्क अनुसार माघ महिनामा तीन सय ४ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ७३ हजार पाँच सय रुपैयाँ, फागुन महिनामा तीन सय २८ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ७८ हजार रुपैयाँ र चैत्रमा एक सय ४२ ओटा सवारी साधनलाई कारबाहीबाट ८० हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस्तै बैशाख महिनामा ४३ ओटा सवारी साधनलाई कारबाही गर्दा ३२ हजार पाँच सय रुपैयाँ, जेठ महिनामा २ सय २२ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ७५ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको जनाईएको छ । कार्यालयले आर्थिक बर्षको अन्तिम महिना असारमा २ सय ६६ ओटा सवारी साधनलाई कारबाहीबाट एक लाख ८३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन कार्यालय प्रमुख चन्दले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्