कुलोमा डुबेर दुई बालकको मृत्यु – Kanika Khabar
Friday, March 28Nepali News Portal

कुलोमा डुबेर दुई बालकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ ।

दाङमा दुई बालकको पानी डुबेर मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका– १६ तेरौट निवासी राजु चौधरीका ७ बर्षीय छोरा आयुश चौधरी र सोही ठाउँ निवासी दिनेश चौधरीको छोरा निशान चौधरीको शुक्रबार बिहान कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार बिहान करिव साढे ९ बजेतिर सिचाईका लागि बनाइएको गौरीकुलामा खेल्ने क्रममा कुलोमा डुबेर बालकहरु अचेत अवस्थामा फेला परेका थिए ।

उनीहरुको उद्धार गरि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालकहरुको शवलाई अहिले पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्