मृत्यु भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता निकाल्ने वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्धा दायर – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

मृत्यु भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता निकाल्ने वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्धा दायर

    मा प्रकाशित

काठमाडौँ । दोलखाको मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष इश्वर कोईरालासमेत ३ जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको बारे मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष कोइरालासहित तीन जनाले मृत्यु भईसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता बापतको रकम एक लाख ६४ हजार निकाली हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

मुद्धा दायर हुनेमा मेलुङ गाउँपालिका-१ का वडाध्यक्ष इश्वर कोईराला, वडा कार्यालयका तत्कालीन वडा सचिव बिनय उप्रेती र वडा कार्यालयका कार्यालय सहायक दल बहादुर थापा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्