नेपालीहरू विदेशमा अलपत्र , श्रमिकले जम्मा गरेको करोडौँ रकम थन्कियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालीहरू विदेशमा अलपत्र , श्रमिकले जम्मा गरेको करोडौँ रकम थन्कियो

    मा प्रकाशित

कनिका खबर

साउन २४, दाङ ।

श्रमिकले जम्मा गरेको करोडौँ रकम नोबेल कोरोना भाइरसकको महामारीका कारण बिभिन्न मुलुकमा अलपत्र नेपालीको उद्दारमा खर्च हुन सकेको छैन । कोरोना महामारी सुरु भएको ५ महिना वित्दा पनि विदेशमा अलपत्र नेपालीको निशुल्क उद्दार हुन नसकेको हो । यद्यपि चार्टर्ड उडानमार्फत नेपालीहरूलाई स्वदेश फर्काउने काम भने नियमित भइरहेको छ । हिजोसम्मको तथ्याङ्क अनुसार विभिन्न मुलुकमा अलपत्र ४९ हजारभन्दा धेरै नेपाली आफैले भाडा तिरेर काठमाडौँ फर्किसकेका छन् ।

अलपत्र नेपालीको निशुल्क उद्धार गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार १ मा नेपालीको उद्धारका लागि कल्याणकारी कोषको रकम खर्च गर्नु भनेको थियो । तर अझैसम्म पनि सरकारसँग कति नेपालीको निशुल्क उद्दार गर्नुपर्ने भन्ने तथ्याङ्क छैन । वैदेशिक रोजगार वोर्डका प्रवक्रा दिनबन्धु सुवेदीले हालसम्म मलेसियाबाट मात्र ८ सय नेपालीको उद्धार गर्नुपर्ने प्रस्ताव त्यहाँस्थित नेपाली दूतावासले पठाएको बताए । वोर्डले नेपालीको उद्धारका लागि ७५ करोड रुपैयाँ छुट्टाएको छ । कोरोनाका कारण स्वदेश फर्किएका १ सय ८७ जनालाई भने काठमाडौँबाट सम्बन्धित व्यक्तिको घरसम्म पु¥याउनका लागि सहयोग गरिएको पनि सुवेदीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्