तेह्रथुममा राष्ट्रिय परिचय पत्र वितरण – Kanika Khabar
Thursday, June 12Nepali News Portal

तेह्रथुममा राष्ट्रिय परिचय पत्र वितरण

    मा प्रकाशित

बिकास गुरुङ
साउन २४, तेह्रथुम ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुमले राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । प्रतिनिधीसभा सदस्य भवानी खापुङ्गले एक कार्यक्रमकाबीच परिचयपत्र वितरण शुरु गरेका हुन् । सांसद खापुङ्गले सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाएर जिम्मेवारी बहन गर्न आग्रह गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धि सन्दर्भ तथा नीतिगत व्यवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमख जिल्ला अधिकारी न्यौपानेले नागरिकको अभिलेखलाई सरकारले डिजिटाइज गर्नेगरी राष्ट्रिय परिचय पत्रको अवधारणा ल्याईएको बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्