आस्थाको आधारमा विभेद अस्विकार्य : काँग्रेस नेता गिरी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आस्थाको आधारमा विभेद अस्विकार्य : काँग्रेस नेता गिरी

    मा प्रकाशित

अमरराज आचार्य

दाङ, २४ साउन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सिचाइ मन्त्री दीपक गिरीले आस्थाको आधारमा विभेद गर्न नदिने बताएका छन् । नेपाली काग्रेसका शुभेच्छुक संघ संस्थाहरुले शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘सरकारले फरक आस्था राखेको कारण विभेद गर्न खोजे हामी सहेर वस्दैनौ’ गिरीले भने । नेपाली काँग्रेसमा आस्था राखेको कारण कसैलाई विभेद गर्ने खोजे जानकारी गराउन समेत उनले आग्रह गरेका छन् । सरकारले हरेक क्षेत्रमा आक्रमण गर्ने खोजेको उनको आरोप रहेको छ ।

अहिले रहेको कोरोनाको महाकारीको समयमा समेत सरकारले स्वास्थ्य सामाग्री खरिदमा आर्थिक अनियमितता गरि राखेको गिरीले आरोप लगाए । ‘महामारीको समयमा जनतालाई राहात हुनुको साटो सरकार आफै भष्टाचारमा रुमलिएको छ’ नेता गिरीले भने । महामारी प्रति सरकार संवेदनशिल हुन नसकेको उनको भनाइ रहेको छ । ‘विदेशबाट नेपाली नागरिकको उद्धार गरिनु पर्ने हो, तर सरकार यो काममा समेत असफल भएको छ’ उनले भने ।

अहिलेको २ तिहाइ बहुमत रहेको सरकारले जनताले दिएको अमुल्य अभिमतको दुरुपयोग गरेको गिरीको आरोप छ । ‘जनतालाई झुकाउने काम मात्र अहिलेको सरकारले गरेको छ’ नेता गिरीले भने । सरकारले राम्रो भन्ने कुनै काम गर्ने नसकेको उनको दावी छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले पार्टीलाई वलियो वनाउन सबै एकतावद्ध भएर अगाडि वढनु पर्नेमा जोड दिए । ‘पार्टीलाई वलियो वनाउन भाषण गरेर मात्र हुदैन’ नेता गिरीले भने, ‘जनतासम्म पुगेर उनीहरुका सुख दुख वुझन सक्नु पर्छ ।’

अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले दुई तिहाइको शक्ति देश वनाउन प्रयोग हुन नसकेको बताए । ‘दुइ तिहाइको सरकार अपराधी जोगाउन र भष्टाचार जोगाउन प्रयोग गरिएको छ’ चौधरीले भने । कम्युनिष्टहरुले झुट बोलेर दुई तिहाइ ल्याएको उनको बिश्लेषण थियो । नेपाली काँग्रेस पनि अब कतिपय सवाल र स्थानमा सच्चिएर अगाडि वढन आवस्यक रहेको उनको भनाइ रहेको छ । सुभेच्छुकहरूलाई उनले पार्टीलाई सल्लाह सुझाव दिन उनले आग्रह गरे । पार्टीले कार्यकर्ताको पीडा वुझन सक्नु पर्ने उनले बताए ।

त्यसैगरी प्रदेश सभाका सदस्य शंकर गिरीले सरकार सत्तामा रुमलिएको बताए । ‘काँग्रेसलाई बाटो विराउन बाट वचाउन तपाइहरुले सहयोग गर्नुस’ गिरीले भने । नेपाली काँग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले पार्टी वलियो भएमा मात्र सबै वलियो हुने बताए । यसका लागि पार्टी वलियो वनाउन लाग्नु पर्ने बताए ।

कार्यक्रम टे्रड युनियन काँग्रेस दाङका जिल्ला अध्यक्ष तिर्थ न्यौपानेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विषय प्रवेश नेपाल प्रेस युनियनका सल्लाहकार विपुल पोख्रेलले गराएका थिए ।

प्रजातान्त्रीक प्राध्यापक संघ जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश भट्टराइको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण डेमोक्रेटिक एशोसियनका अध्यक्ष निर्मल गौतमले गरेका थिए भने शिक्षक संघका अध्यक्ष युवराज बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा शिक्षक संघका केन्द्रीय उपाध्यक्ष अमर खड्का, कर्मचारी युनियनका अध्यक्ष बामदेव शर्मा, झरेन्द्र खरेललगायतले पनि सुझाव राखेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्