सहिद सवैका साझा हुनः महरा – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

सहिद सवैका साझा हुनः महरा

    मा प्रकाशित

दाङ,२४ साउन ।

पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले प्रगतिशील साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको कसैले अपमान गरे परिवर्तनकै अपमान हुने बताएका छन् । स्व. लोककुमारी रिजालको चौथो स्मृति सभा एवं पुरस्कार वितरण कार्यक्रमलाई सनिवार घोराहीमा संम्वोधन गर्दै महराले यस्तो बताएका हुन ।

सासद महराले कृष्णसेन प्रतिको सम्मान नै सम्पूर्ण सहिद प्रतिको सम्मान हुने वताए । नेपालमा राजनीतिकमा पुजीवाँदको हावी भएको भन्दै त्यसले विकृत संस्कृतिको स्थापना गरेको उनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघले स्थापना गरेको कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केबी मसाल, प्रेस संगठनले स्थापना गरेको कृष्णसेन पत्रकारीता पुरस्कारबाट राप्तीपोष्ट दैनिकका सम्पादक एवं प्रकाशक शरद अधिकारी, लोककुमारी पत्रकारिता पुरस्कारबाट पाण्डब शर्मा, प्रतिभा पुरस्कारबाट लक्ष्मण विश्वकर्मा, शान्तकुमार बुढा मगर र अमृता भुषाललाई प्रदान गरिएको थियो ।

पुरस्कृत व्यतित्वलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल,प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, प्रेस स्वतन्त्र सेनानी सुशील गौतम, पूर्व अध्यक्ष प्रताप रेग्मी, पुरस्कृत व्यक्तित्व शरद अधिकारी, पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेस संगठनका संयोजक प्रकाश चौधरीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्