भारतीय नागरिकलाई नागरिकता दिलाउने ६ जनाविरुद्ध मुद्धा दायर – Kanika Khabar
Monday, May 25Nepali News Portal

भारतीय नागरिकलाई नागरिकता दिलाउने ६ जनाविरुद्ध मुद्धा दायर

    मा प्रकाशित

काठमाडौँ । ईलाका प्रशासन कार्यालय, लमही, दाङका तत्कालीन कार्यालय प्रमुख (शाखा अधिकृत) प्रेम बहादुर खवास, राजपुर गाउँपालिका, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिरसमेत ६ जनाविरुद्ध गलत लिखत तयार एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजपुर गाउँपालिका, वडा-४ बाट भारतीय नागरिक आलम जोल्हालाई पैसा लिई नागरिकता दिलाएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले राजपुर गाउँपालिका, वडा नं. ४, दाङका वडा अध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मिना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडा सचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा आएसा जोल्हा र आलम जोल्हाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसूरमा सोही दफा ९ बमोजिम कैद र जरिवानाको सजाय हुन माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्