बैशाख २६ गते बजेट अधिवेशन – Kanika Khabar
Saturday, May 17Nepali News Portal

बैशाख २६ गते बजेट अधिवेशन

    मा प्रकाशित

कनिका खबर संवाददाता

बैशाख २१, दाङ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् ।

आइतबार सरकारको सिफारिसमा संविधानको धारा ९३ को उपधारा (१) बमोजिम उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भए वमोजिम सरकारले बजेट अधिवेशनको तयारी थालेको हो ।

बजेट भन्दा पहिले प्रि–बजेट छलफल गर्ने परम्परा रहे पनि यस पटकको कोरोना भाइरसको महामारीका कारण विगतका वर्षहरुजति प्रि–बजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल नहुने भएको छ । यस पटक प्रिबजेट र सरकारको नीति तथा कार्यक्रमबारेको छलफलको समय कोरोना भाइरसले प्रभावित हुने भएको छ ।

सामाजिक दूरी कायम गरेरे संसद बैठक चलाउने तयारी भएको संसद सचिवालयले जनाएको छ। बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्