कनिका खबर
साउन २५, मकवानपुर ।
कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि मकवानपुरमा ७ दिनका लागि निषेधाज्ञा घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको हो ।
मकवानपुरमा आज एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका केही वडामा निषेआज्ञा जारी गर्ने निर्णय गरेको हो ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण यही साउन २६ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।