कांग्रेस नेता गिरीको सरकारलाई आग्रह : विकासका लागि फेरि कांग्रेसलाई अवसर नदिनुहोस् – Kanika Khabar
Friday, March 29Nepali News Portal

कांग्रेस नेता गिरीको सरकारलाई आग्रह : विकासका लागि फेरि कांग्रेसलाई अवसर नदिनुहोस्

    मा प्रकाशित

दाङ, २५ साउन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले दाङमा विकासका लागि फेरि कांग्रेसलाई अवसर नदिन कम्युनिष्ट सरकारलाई आग्रह गरेका छन् । दाङको विकास लागि कांग्रेस अपरिहार्य रहेको भन्दै नेता गिरीले अहिले कम्युनिष्ट पार्टीले पाएको अवसरलाई सदुपयोग गर्न समेत आग्रह गरेका हुन् ।

घोराही उपमहानगरपालिका-१४ अटोभिलेजमा अटोभिल्ला बिजनेस ग्रुपले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गिरीलाई राखेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेता गिरीले जनताले विश्वास गरेर कम्युनिष्ट पार्टीलाई बहुमत दिए पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । ‘दाङको विकासका लागि जनताले कम्युनिष्टहरुलाई जिताएर पठाए, तर नेताले विकासको लागि काम नगर्दा अहिले तिनै जनता निराश भएका छन्’, मन्त्री गिरीले भने- ‘जनतालाई निराश बनाएर विकासका लागि कांग्रेसलाई अवसर नदिनुहोस् ।’

पूर्वमन्त्री गिरीले वर्तमान सरकारसँग काम गर्ने इच्छा शक्ति भए दाङको बिकासका लागि धेरै अवसरहरु भएको समेत बताए । ‘काम गर्ने इच्छा शक्ति हुनुपर्‍यो अहिलेको सरकारसँग, काम गर्ने ठाउँ र समय र अवसर थुर्पै छन्’, उनले भने- ‘तर अहिलेको सरकारसँगै दाङका निर्वाचित जनप्रतिनिधिहरुमा त्यो भिजन देखिएन, तीन बर्षले प्रमाणित गरिसकेको छ ।’ त्यस्तै नेता गिरीले निर्वाचित भएको तीन बर्षसम्म प्रदेशको नाम र केन्द्र तोक्न नसक्ने प्रदेश सरकारले विकासको काम गर्न नसक्ने समेत बताए । ‘प्रदेश नेतृत्वसँग काम गर्ने क्षमता भएको भए अहिलेसम्म प्रदेशको नाम र केन्द्र तोकिसक्ने थियो, तर हाम्रो नेतृत्वमा त्यो क्षमता देखिएन’, नेता गिरीले भने- ‘तीन बर्षसम्म नाम र केन्द्र नतोक्ने सरकारसँग जनताले विकासको के आश गर्ने ?’
उनले दाङको विकासका लागि सिचाई, सडक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रको विकास हुन आवश्यक रहेको बताए । त्यस्तै तुलसीपुरमा रहेको एयरपोर्टका क्षमता विस्तार गर्दै अर्को वैकल्पिक अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट निर्माण गर्न सकिने भन्दै नेता गिरीले नेताका लागि सबैका बीच सहकार्य आवश्यक रहेको बताएका थिए । नेत गिरी सिचाई मन्त्री हुँदा अटोभिलेजमा तटबन्धनका लागि ३ करोड बढी बजेट बिनियोजन गरी सहयोग गरेको भन्दै अटोभिलेज प्रालिले उनलाई स्वागत तथा सम्मान गरेको हो । अटो भिल्ला बिजनेस ग्रुप प्रालिका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले दाङको समग्र विकासका लागि राजनीतिक नेतृत्वका बीच सहकार्य हुनुपर्ने बताएका छन् ।
दाङको विकासका लागि रानजीतिक दलहरुकाबीच सहकार्य हुन नसक्दा औद्योगिक बिकासका लागि औद्योगिक क्षेत्र घोषणा, स्तरीय एयरपोर्टसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास हुन नसकेको बताए । ‘दाङको समग्र विकासका लागि राजनीतिक दलबीच सहकार्य हुन आवश्यक रहेको छ, त्यसका लागि नेता गिरीले भूमिका खेल्नुहोस्’, अध्यक्ष भुसालले भने- ‘मन परेको मान्छे छैन भनेर वा आफूले मान्छे राख्न पाइन भनेर राप्तीको भविष्यसँग जोडिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासलाई रोक्ने काम कसैबाट नहोस् ।’
उनले दाङमा स्वास्थ्य क्षेत्रको विकास लागि प्रतिष्ठान स्थापना गर्दा देखिएको जस्तो राजनीतिक दलका बीचमा सहकार्य आवश्यक रहेको समेत बताए । त्यस्तै उनले बजारमा छरिएर रहेका अटो व्यवसायीहरु एक ठाउँमा आउनु राम्रो काम भएको भन्दै थप व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अटोभिलेजलाई खोलाबाट बचाउनका लागि तटबन्धनदेखि अन्य पूर्वाधार विकासका लागि पहल गरिदिन समेत माग गरेका थिए । कार्यक्रममा कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, कांग्रेसका युवा नेता कमलकिशोर घिमिरेलगायतले बोलेका थिए । बिजनेस ग्रुपका सदस्य नरेश कार्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण रत्न बञ्जाराले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्