राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रूपमा सुरु – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रूपमा सुरु

    मा प्रकाशित

कनिका खबर
साउन २६, काठमाडौं
नेपाल युवा परिषद्ले विगतका वर्षहरुमा झैँ यो वर्ष पनि नेपालभरिका ७७ वटै जिल्लाबाट ४०० भन्दा बढी युवाहरुलाई सहभागी गराई अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रूपमा सुरु गरेको छ । सम्मेलनका पहिलो दिन हिजो ७७ जिल्लाका ४०० भन्दा बढीको सहभागिता रहेको थियो । नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बाँनियाले कोरोनाका कहरकाबीच पनि सम्मेलको भब्य उद्घाटन भएको बताउनुभयो । सम्मेलनको पहिलो दिन यूएनडिपीका कार्यक्रम अधिकृत बिनिता कार्कीले युवाहरूलाई युवा सहभागिता र दिगो विकासको लक्ष्य बारे प्रशिक्षण दिनुभएको थियो भने माई ईमोशन मेटरका संस्थापक भावना श्रेष्ठले लिडरले निर्णय लिदाँ भावनात्मक बुद्धिको प्रभाव, एग्रिकल्चर डटकमका संस्थापक सुनिता नेमफुकीले कृषि उद्यमशिलता मार्फत युयाहरुलाई कसरी सशक्त पार्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिनुभएको थियो ।

यस सम्मेलनमा ५० प्रतिशत महिला सहभागी भएका छन् । सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, सुशासन, जलवायू परिवर्तन, लैँगिक समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो विकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषय बनाई बिभिन्न कार्यपत्र प्रस्तुत गरिनेछन् । सम्मेलन हिजोबाट सुरु भई पर्सिसम्म भर्चुअल रूपमा सन्चालन हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्