एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि : नेपालगञ्जमा ९(नौं) र वीरगञ्जमा १(एक) – Kanika Khabar
Friday, February 14Nepali News Portal

एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि : नेपालगञ्जमा ९(नौं) र वीरगञ्जमा १(एक)

    मा प्रकाशित

कनिका खबर संवाददाता

बैशाख २१, दाङ ।

नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालगञ्जमा गरिएको परीक्षणमा संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् र संक्रमित ७ देखि ५८ वर्ष उमेर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आफ्नो दैनिक अपडेटमा जानकारी दिए ।

यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्