मल्लेसी पहिरोमा बेपत्ता युवकको शव भेटियो – Kanika Khabar
Monday, July 27Nepali News Portal

मल्लेसी पहिरोमा बेपत्ता युवकको शव भेटियो

    मा प्रकाशित

कनिका खबर
साउन २६, बझाङ
बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा असार १९ गते राति गएको पहिरोमा पुरिएर बेपत्ता भएका युवकको शव भेटिएको छ । स्थानीयले खोजी गर्दा गाउँमै भत्किएको घर मुनि च्यापिएको अवस्थामा २० वर्षिया गिरी जेठाराको शव भेटिएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिनुभयो । यसअघि पहिरोमा परी ४३ वर्षीया राम्मतीदेवी जेठारा, १६ वर्षीया शान्ति कुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ वर्षीया बालिका अष्मिता जेठाराको ज्यान मृत्यु भएको थियो ।

त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि पहिरोमा परी ज्यान गएको थियोे । मल्लेसीमा पहिरोले २२ घर बगाएको थियो भने पहिरोमा परी ७ जनाले ज्यान गुमाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्