सिन्धुलीका दुइ स्थानीय तहका पशुमा भाईरल रोगको प्रकोप ।। – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

सिन्धुलीका दुइ स्थानीय तहका पशुमा भाईरल रोगको प्रकोप ।।

    मा प्रकाशित

कनिका खबर
साउन २६, सिन्धुली
सिन्धुलीको दुधौली नगरपालिका र हरिहरपुरगढी गाँउपालिकाका विभिन्न ठाँउमा पशुमा भाईरल रोगको प्रकोप फैलिएको छ । दुधौली नगरपालिकाको १४ वटै वडा र हरिहरपुरगढी गाँउपालिकाको वडा नम्बर पाँचमा रोगको प्रकोप फैलिएको सम्बन्धित स्थानीय तहले बताएका छन् । दुधौली नगरपालिकका सबै वडाका गाइ र गोरुमा भाइरल रोगको प्रकोप देखिएको नगरपालिकाका पशु शाखा प्रमुख सुन्तला बुढाथोकीले जानकारी दिनुभयो । भाईरल रोग भएको अनुमान गरेर एन्टिबायोटिक चलाएर पशुलाई उपचार गर्न सुरु गरेको उहाँको भनाइ छ । उहाँका अनुसार पहिलो पटक यो रोग देखा परेकोले पहिचान गर्न कठिन भएको छ । जिउभरी मसिनो पानी जस्तो फोका आउने, ज्वरो आउने, झोक्राउने, घाँस नखाने, जस्ता लक्षण रहेको जनाइएको छ । त्यस्तै हरिहरपुरगढी गाँउपालिका पाँचका पशुमा केही दिनअघिदेखि देखापरेको रोग लम्पी स्किन भएको आशंका गरिएको गाँउपालिकाको पशु शाखाले जनाएको छ । पशुचौपायाको गोडा नचल्ने, सुनिने, फोका आउने, घाँस नखाने, झोक्राएर बस्ने जस्ता लक्षण देखिएको हरिहरपुरगढी पाँचका वडाध्यक्ष झलककुमार माझीले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा करीब ४५ देखि ५० किसानले पालेका पशुचौपायामा यस्तो पहिचान नै हुन नसकेको रोग देखापरेको हो । रोगको लक्षण देखापरेका पशुचौपायामा छालामा डाबर देखिने, ¥याल बगाउने र उच्च ज्वरो आउने गरेको गाँउपालिकाका पशु चिकित्सक विपीनजङ्ग राईले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्