गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण – Kanika Khabar
Sunday, July 14Nepali News Portal

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका खबर
साउन २७, पर्वत
गण्डकी प्रदेशमा आज थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहान एक विज्ञप्ती प्रकाशित गरी सङ्क्रमित थपिएको जनाएको छ । निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको स्वाव परीक्षणमा ३ जना महिला र ५ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिका २ जना महिला र २ जना पुरुष, तनहुँको बन्दीपुर नगरपालिकाका २ जना पुरुष र बागलुङको बागलुङ नगरपालिकाका १ जना महिलामा कोरोना देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय ३१ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्