अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रकार सम्मेलनस्थल बाहिर गोली चल्यो – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रकार सम्मेलनस्थल बाहिर गोली चल्यो

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ
राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलन गरिरहेको समयमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो । पत्रकार भेटघाटको क्रममा सुरक्षाकर्मीले ट्रम्पलाई केही भनेपछि उहाँ कार्यक्रम छाडेर भित्र अर्को कोठामा जानुभएको थियो । करिब नौ मिनेटपछि राष्ट्रपति ट्रम्प बाहिर आएर पत्रकारहरुलाई गोली चलेको जानकारी दिनुभएको छ । ट्रम्पले पत्रकारहरुलाई दिएको जानकारीअनुसार अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिहरुले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएका छन् । घाइतेलाई अस्पताल लगिएको छ । ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो । त्यो स्थानबाट वित्तमन्त्री र अर्का एक अधिकारीलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्