आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै – Kanika Khabar
Sunday, October 25Nepali News Portal

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न आधा सिलिन्डर बिक्री गर्न लागेको छ ।

निगमका अनुसार पछिल्ला दुई-तीन महिनादेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग असामान्य रूपमा बढ्दै गएको बताउदै मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको छ ।

नेपाललाई ग्यास आपूर्ति गर्ने भारतमै पनि सर्वसाधारण उपभोक्ताले ग्यास पाउन कठिनाइ भोगिरहेको समाचार सार्वजनिक भएपछि नेपालमा आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ ।

यही अवस्थालाई ध्यानमा राख्दै आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन तथा सबै उपभोक्ताले ग्यास पाउने अवस्था सुनिश्चित गर्न निगमले आजदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जानकारी दिएको छ ।

निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि अनुरोध गरेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्