नेविसंघद्वारा त्रिविका उपकुलपतिको कार्यकक्ष तोडफोड – Kanika Khabar
Saturday, October 24Nepali News Portal

नेविसंघद्वारा त्रिविका उपकुलपतिको कार्यकक्ष तोडफोड

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।


नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको कार्यकक्ष तोडफोड गरेका छन् ।

विद्यार्थीहरुको समूहले कार्यालयमा रहेको सवारी साधन फुटाउनुका साथै उपकुलपतिको कार्यालय तोडफोड गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले विद्यार्थीको ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा फुटेको र गाडीमा क्षति भएको बताए । उनले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको पनि बताए ।

तोडफोड भएको केहीबेरपछि नेविसंघका विद्यार्थीहरुले उपकुलपतिको बास्कोटाको कुर्सीसमेत जलाएका थिए ।

नेविसंघ, प्रजातान्त्रिक प्राध्यापक संघ तथा लोकतान्धिक प्राध्यापक संघले यसअघि पनि विरोध गर्दै आएका थिए । बास्कोटासहित त्रिवि पदाधिकारीको कार्यशैलीप्रति उनीहरु असन्तुष्ट छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्