आर्थिक प्रलोभनमा परेका कारण सिन्धुलीमा ६ जना प्रहरी निलम्बनमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आर्थिक प्रलोभनमा परेका कारण सिन्धुलीमा ६ जना प्रहरी निलम्बनमा

    मा प्रकाशित

अञ्जन राना
साउन २८, सिन्धुली ।
आर्थिक प्रलोभनमा परी आफूलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने सिन्धुलीका ५ र काभ्रेका एकजना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई श्रावण २१ गते नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत १ जना गरी ६ जना प्रहरीलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडा झिकाइएकोमा थप छानविनका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निलम्बनमा पर्नेमा २ जना प्रहरी हवल्दार र चार जना प्रहरी जवान रहेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र सो अन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दारहरू राजकुमार श्रेष्ठ, डोर बहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नबिन बहादुर थापा निलम्बनमा परेका हुन् । निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्