आज पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना – Kanika Khabar
Saturday, October 12Nepali News Portal

आज पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका खबर
साउन २८, दाङ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ । हाल देशका अधिकांश भूभागहरूमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरूका थोरै÷थोरै स्थानहरूमा हल्का बर्षा भईरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले निकाले बुलेटिनमा उल्लेख छ ।
आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १÷२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । आज राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्