कनिका खबर
साउन २८, दाङ ।
विगत ३ दिनदेखि सम्पर्कविहीन भएका कान्तिपर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँ आज मृत फेला परेका छन् । उनी साउन २६ गतेदेखि ढुंगेअड्डा तीनथानबाट हराएका थिए । आज उनको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत परियोजना क्षेत्रमा फेला परेको हो ।
सोमवार बानियाँ घर जाने क्रममा बल्खु खोलाको पुलमुनितर्फ लागेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बानियाँको शव भेटिएको पुष्टि गरे ।
स्थानीयका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा हिलोमा अड्किएको र खोलाको पानीमा लडेका थिए । पानीको बढ्दो बहाबले गर्दा स्थानीयले उद्धार गर्न खोज्दा पनि सफल भएका थिएनन् ।
प्रहरीले बानियाँ बल्खु खोलामा लडेको र उनको शव खोलाले बगाएर मकवानपुर पुर्याएको बताएको छ । उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।