युवा जनशक्तिलाई उचित सदुपयोग गर्न सकिएन : प्रधानमन्त्री – Kanika Khabar
Thursday, March 28Nepali News Portal

युवा जनशक्तिलाई उचित सदुपयोग गर्न सकिएन : प्रधानमन्त्री

    मा प्रकाशित

कनिका खबर
साउन २८, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेको स्वीकार गरेका छन् । आज अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जनाएका हुन् । युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेको भन्दै उनले २५ प्रतिशत युवा देशबाहिर रोजगारी र शिक्षाका लागि गएका बताए । उनले तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो नभएको बताए । उनले युवा विदेशिनबाट रोक्न सरकारले ठोस प्रयास गरिरहेको भन्दै केही वर्षभित्रै बाध्यतामा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाइरहेको बताए । उनले युवाको साथमा सरकार रहेको भन्दै युवा विना कुनै पनि काम सफल हुन नसक्ने बताए । सरकार साथमा रहेका भन्दै उनले अभिभावकत्व ग्रहण गर्न, साथ सहयोग गर्न सरकार दत्तचित्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले सामाजिक जागरण र नीति निर्माणका तहमा समानुपातिक सहभागी गरिएको भन्दै सरकारले युवाका लागि विभिन्न तहबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । उनले युवा स्वरोजगार, युवा परिषद रोजगार र सहयोगका कार्यक्रम गरिएको भन्दै त्यसका लागि ७६ अर्व बजेट छुट्याएको समेत बताए ।
अहिले ४० प्रतिशत युवाले स्थानीय तहमा प्रतिनिधित्व गरिरहेको भन्दै त्यो भन्दा केही कम प्रदेश र संघीय तहमा प्रतिनिधित्व युवाबाट भएको उनको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्