चेम्बरले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र – Kanika Khabar
Friday, April 26Nepali News Portal

चेम्बरले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २१, दाङ ।
चेम्वर अफ कमर्श दाङले अत्यावश्यकीय उत्पादनमुलक उद्योगहरु सञ्चालन गर्ने बातावरण मिलाउन सरकारसँग माग गरेको छ । चेम्वर अफ कमर्श दाङले जिल्ला प्रशासन कार्यालयमार्फत आइतवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउदै लकडाउनका कारण उद्योगहरु बन्द रहँदा ठूलो क्षति भएको भन्दै अत्यावश्यकीय उत्पादनमुलक उद्योगहरु सञ्चालन गर्न माग गरेको हो ।

चेम्वरले कृषि उत्पादन र कृषिमा आधारित अन्य उत्पादनलाई बढवा दिनका लागि उत्पादन, बजारिकरण, दुवानी र आपुर्ति व्यवस्थानको सहजीकरण गर्न समेत माग गरेको छ । त्यसै गरी चेम्वरले घरबहाल कर सतप्रतिशत र स्थानीयले तहहरुले लिने व्यवसायीक कर ५० प्रतिशत मिनाह गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । चेम्वरले विज्ञप्तिमार्फत बन्दाबन्दीको समयमा घरबहाल कर मिनाहसँगै स्थानीय तहले लिने व्यवसायीक करमा ५० प्रतिशत छुट गर्न माग गरेको हो ।

त्यसैगरी चेम्वरले आर्थिक वर्ष २०७६ ्र०७७ मा आयकरमा ५० प्रतिशत,बन्दाबन्दी सुरु भएको समयावधि र खुलेको छ महिनासम्म हुन आउने औधोगिकतथा व्यवसायीक बैंक कर्जाको व्याज पूर्ण रुपमा मिनाह हुनुपर्ने,उद्योग तथा व्यवसायीले लिएको कर्जाको पुनःकर्जाको व्यवस्था गरिनुपर्नेमाग राख्दै ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्रमा विद्युत कार्यालयले उद्योगहरुबाट लिने डिमान्ड शुल्क सतप्रतिशत र आम नागरिकको हकमा ५० प्रतिशत मिनाह गरिनुपर्ने माग गरिएको चेम्वर अफ कमर्श दाङका अध्यक्ष श्रीधर महराद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । ज्ञापन पत्र चेम्वर अव कर्मशका अध्यक्ष श्रीधर महरा र निवर्तमान अध्यक्ष दिपक सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीलाई बुझाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्