पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा धान रोपाइँ – Kanika Khabar
Monday, July 27Nepali News Portal

पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा धान रोपाइँ

    मा प्रकाशित

कनिका खबर
साउन २९, काठमाडौं

सरकारले यो वर्ष पछिल्लो पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा धान रोपाइँ भएको जनाएको छ । देशभर असारे धानको रोपाइँ सकिएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले गत वर्ष कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भू–भागमा रोपाइँ भएको बताउनुभयो । देशभर रोपाइँयोग्य १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्ये यसवर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोपाइँ सकिएको विभागले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्