जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आाचर्य – Kanika Khabar
Thursday, April 16Nepali News Portal

जनअपेक्षा अनुसार सेवा सुधारमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री आाचर्य

    मा प्रकाशित


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि तथा भ्रष्टाचार नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नयाँ वर्ष २०८३ को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जनअपेक्षा अनुसार सेवाप्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । उहाँले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनमार्फत प्रदेशको दिगो विकासका लागि विभिन्न नीति, कार्यक्रम र योजनाहरू कार्यान्वयनमा रहेको जानकारी गराउनुभएको छ ।
उहाँका अनुसार स्थानीय स्रोत, साधन र उत्पादनमा आधारित उद्यमशीलता प्रवद्र्धन, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा विशेष जोड दिइएको छ । शून्यबाट सुरु भएको प्रदेश संरचनालाई संस्थागत गर्दै सबल, सक्षम र उत्तरदायी शासन प्रणाली निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको पनि उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले नयाँ वर्ष पात्रो परिवर्तन मात्र नभई विगतको समीक्षा गर्दै भविष्यको स्पष्ट दिशातर्फ अघि बढ्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो । आशा, उत्साह र नयाँ संकल्पका साथ सकारात्मक ऊर्जा र सामूहिक जिम्मेवारीका रूपमा यो क्षणलाई लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले वर्तमान परिवेशमा राजनीतिक स्थायित्व, सुशासन र विकासबीचको समन्वय अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै समावेशी, न्यायपूर्ण र समुन्नत समाज निर्माणतर्फ सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
नयाँ वर्ष २०८३ ले सबै नेपालीमा सकारात्मक सोच, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै समृद्ध प्रदेश र समुन्नत नेपालको यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्