सीमा विवादलाई जटिल नबनाउन भारतलाई चीनको आग्रह – Kanika Khabar
Thursday, May 15Nepali News Portal

सीमा विवादलाई जटिल नबनाउन भारतलाई चीनको आग्रह

    मा प्रकाशित

कनिका खबर
साउन २९, दाङ
चीनले भारतलाई सीमा विवादलाई जटिल नबनाउन आग्रह गरेको छ । भारतका लागि चिनियाँ राजदूतवासले भारतले चीनसँगको सीमा विवादलाई जटिल नबनाउने आशा गरिएको बताएको छ । चिनियाँ दूतावासका प्रवक्ता जी रोङ्गले सामाजीक सञ्जाल ट्वीटमार्फत् दुबै देशले मिलेर यस विषयमा कदम चाल्ने बताउनुभयो । भारत सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरताका लागि उपयुक्त वातावरण तयार गर्ने र द्विपक्षीय सम्बन्धमा त्यसले प्रगति हुने रोङ्गको ट्वीटमा उल्लेख छ । भारत र चीन बीचको सीमा विवाद र सीमामा भएको दुर्भाग्यपूर्ण घटनाले दुबै देश र देशका प्रमुखहरुको द्वीपक्षीय साझेदारीबाट भट्किन नहुने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्