माग सम्वोधन नभएर पठनपाठनको कार्यमा नफर्कने : आंसिक प्राध्यापक संघ – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

माग सम्वोधन नभएर पठनपाठनको कार्यमा नफर्कने : आंसिक प्राध्यापक संघ

    मा प्रकाशित
कनिका खबर
दाङ,२८ साउन ।
दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत आंसिक प्राध्यापकहरुले माग सम्वोधन नभएसम्म क्याम्पसमा नपढाउने बताएका छन् ।

आंसिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिले विहिवार क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरि आंसिक प्राध्यापकहरुले उठाउदै आएका मागहरु सम्वोधन नभए यहि अवस्थामा आफुहरुले पढाउन नसक्ने बताएका हुन् ।

लकडाउनका कारण पढनपाठन बन्द रहेको अवस्थामा अन्य प्राध्यापकहरुले मासिक तलव खाने तर आंसिक प्राध्यापकहरुलाई हारिजीलगाउनबाट समेत बञ्चित गरिएको भन्दै विभेदकारी व्यवस्था अन्त्य गर्न समेत माग गरेको छ । समान कामको समान पारिश्रमिक,विभेद तथा अन्यापूर्ण आंशिक प्रथाको अन्त्यलगायतका आंशिक प्राध्यापकहरुले उठाउँदै आएका मागहरु सम्वोधन नभए पुन सेवा पुनर्वाहाली नहुने समेत बताएका छन् ।

विगतमा भएका सम्झौता र सहमतिको कार्यान्वयनको माग गर्दै २०६३ सालदेखि आन्दोलनमा रहेको भन्दै उनीहरुले आंशिक प्राध्यापकको माग सम्वोधनका लागि पहल गरिदिन समेत महेन्द्र बहुमुखी क्याम्पस प्रमुख दिवाकर पोख्रेललाई आग्रह गरेका छन् ।

उनीहरुले एउटै क्याम्पसम पढाउने प्राध्यापकहरुको समान कामको समान पारिश्रमिकको व्यवस्था गर्न समेत माग गरेका छन्। ‘आंसिक प्राध्यापकहरुको समस्या समाधानका लागि त्रिभुवन विश्वविद्यालयले पहल गर्न आवश्यक छ,तर चाहेमा महेन्द्र बुहुमुखी क्याम्पसले पनि समाधान गर्न सक्छ’–आंसिक प्राध्यापक बिष्णुप्रभात दाहालले भने–‘अहिले पनि क्याम्पसमा ३० वटा दरबन्दी रिक्त छन, त्यसमा पदपुर्ती गर्ने र बचेकालाई आन्तरिक दरबन्दी सिर्जना गरेर राख्न सक्छ ।’ उनले त्रिवि र क्याम्पस प्रमुखको बेवास्थाका कारण आंशिक प्राध्यापकहरुको बौद्धिक शोषणको काम भैरहेको समेत बताए ।

संघले समान कामको लागि समान पारिश्रमिक व्यवस्था गर्नका लागि पूर्ववती सरकारले त्रिभुवन विश्वविद्याललाई छुट्याएको १ हजार ४ सय २० करार दरबन्दीको व्यवस्थापन गर्न समेत माग गरेको छ । यो व्यवस्था लागु नहुँदासम्म विद्यार्थी,प्राध्यापक र कर्मचारीहरु समेतको रोहवरमा यस क्याम्पसले गरेको सहमति अनुसार आन्तरिक दरवन्दी सिर्जना गरि आंशिक प्राध्यापकहरुलाई मासिक पारिश्रमिकको व्यवस्था गर्न आंशिक प्राध्यापक संघ महेन्द्र बुहुमुखी क्याम्पस इकाइ अध्यक्ष बालकृष्ण डाँगीले बताए ।

‘विभेद र अन्यापूर्ण व्यवस्थाका कारण एउटै क्याम्पसमा पढाउने प्राध्यापकहरुमा पनि कसैले नपढाएर तलव खाने र कसैले हाजिरी समेत लगाउन नपाउने अवस्था छ’–अध्यक्ष डाँगीले भने–‘एउटै क्याम्पसमा पढाउने प्राध्यापकहरुका विचको विभेदको अन्त्यकालागि विगतमा भएका सहमती र सम्झौता क्र्यान्वयन हुन आवश्यक छ । र,आंशिक प्राध्यापकलाई परपिरियड होइन मासिक तलवको व्यवस्था गरिनुपर्छ ।’ उनले आंसिक प्राध्यापकहरुको आन्दोलनलाई क्याम्पस प्रमुखले गम्भीरतापूर्वक नलिएको समेत बताए ।

साथै आंसिक प्राध्यापक संघले साउन २५ गते भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने क्रममा आवेगात्मक परिस्थीति उत्पन्न हुन गई भएको आगजनीको घट्नाप्रति दुख व्यक्त गरेको छ । ‘संघको क्याम्पसको सार्वजनिक सम्पतीमा क्षती पु¥याउने कुनै उद्देश्य थिएन र हुने पनि छैन्’–अध्यक्ष डाँगीले भने–‘क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने क्रममा जुन घट्ना भयो,त्यसप्रति हामी दुःखी छौ ।’

उनले तालाबन्दीका क्रममा क्याम्पस प्रमुखमाथि कुनै प्रकारको दुव्र्यवहार नभएको समेत स्पष्ट पारेका छन् । क्याम्पस प्रमुखमाथि दुव्र्यवहार र क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भनेर आंसिक प्राध्यापकहरुको आन्दोलनलाई प्रचार गर्न खोजिएको भन्दै उनले त्यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

लकडाउनपछि साउनको ११ गतेदेखि सुरु भएको आन्दोलन कार्यक्रम अन्तर्गत साउनको २६ गते केन्द्रीय आन्दोलनको कार्यक्रम अन्तर्गत क्याम्पसको लेखा र प्रशासन फाटम तालाबन्दी गरिएकोमा प्रहरी प्रशासन क्याम्पस हाताभित्र प्रवेश गरि ताला फाड्ने जस्तो निन्दनीय कार्य गरेको भन्दै उक्त कार्यको विरोध गर्दै खेद प्रकट समेत गरेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा ४२ जना आंसिक प्राध्यापकहरु रहेका छन् ।

संघका अध्यक्ष बालकृष्ण डाँगीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सचिव प्रियासनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनको सहजीकरण आंसिक प्राध्यापक शोभाकान्त अधिकारीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्