कालिकोटमा पहिरोले ६ जनाको मृत्यु – Kanika Khabar
Sunday, July 26Nepali News Portal

कालिकोटमा पहिरोले ६ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ३०, कालिकोट ।
कालिकोटमा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । जिल्लको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको हो ।

गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।
पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्