पेट्रोल-डिजेलको मुल्य घट्यो, एलपी ग्याँसको बढ्यो – Kanika Khabar
Friday, May 1Nepali News Portal

पेट्रोल-डिजेलको मुल्य घट्यो, एलपी ग्याँसको बढ्यो

    मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गरेको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेलको मुल्य घटाएको छ भने एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजल-मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँले घटाएको छ भने  आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर ४६ डलरले बढाएको जानकारी दिएको छ ।

त्यस्तै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १५० ले बढाएको निगमले जनाएको छ ।

यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २१७, डिजल- मट्टीतेल प्रतिलिटर २२५ पर्ने भएको छ । त्यस्तै एलपी ग्याँसको मुल्य आधा सिलिन्डरको १०८० र पुरा सिलिन्डरको २१६० पर्ने निगमले जानकारी दिएको छ ।

निगमले यो समायोजन पछि निगमलाई पाक्षिक रुपमा १ अर्ब ८१ करोड घाटा रहेको बताएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्