राष्ट्रिय टिमको फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Sunday, July 26Nepali News Portal

राष्ट्रिय टिमको फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ३०, काठमाडौं
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।

तीमध्ये एक जनामा संक्रमण पुष्टि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।
‘एक जना खेलाडीको रिपोर्ट पोजेटिभ आएको छ । हामी उहाँलाई खबर गर्छौँ । उहाँ कहाँ कसरी बसिरहनुभएको छ, हाम्रो टिमले बुझ्छ’ स्रोतले भन्यो, ‘होम आइसोलेसनमा बस्ने हो भने त्यहीँ बस्न सल्लाह दिन्छौँ । लक्षण छ हस्पिटल लैजानुपर्ने भयो भने हस्पिटल लैजान सल्लाह दिन्छौँ ।’

नेपालमा यसअघि क्रिकेटका एक खेलाडीमा कोरोना पुष्टि भएको थियो । फुटबलमा भने पहिलो पटक खेलाडीलाई कोरोना संक्रमण देखिएको हो । यस्तै स्क्वास खेलका प्रशिक्षक हिरा थापालाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी अहिले होम आइसोलेसनमा छन् ।

मंगलबार २३ खेलाडीसहित २९ जनाको परीक्षण गरिएकोमा बिहीबार २२ खेलाडीसहित २८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । एन्फाले एक खेलाडीको पुन परीक्षण गर्नुपर्ने मात्र भनेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्