घोराही खानेपानीको निर्वाचन : फराकिलो मतान्तरका साथ केसीको अग्रता – Kanika Khabar
Sunday, May 10Nepali News Portal

घोराही खानेपानीको निर्वाचन : फराकिलो मतान्तरका साथ केसीको अग्रता

    मा प्रकाशित

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा नयाँ नेतृत्व चयनका लागि हिजो शनिबार भएको निर्वाचनको मत गणना जारी रहेको छ । जारी मत गणना अनुसार ध्रुब केसी नेतृत्वको प्यानलका अधिकांश पदाधिकारी तथा सदस्यहरुले अग्रता कायम राखेका छन् ।

अध्यक्ष पदका उम्मेदवार केसीले फराकिलो मतान्तरका साथ अग्रता कायम गरेका छन् । १ हजार ५ सय ६२ मत गणना हुँदा केसीले १ हजार १ सय ३९ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार किशोर कुमार आचार्यले २६७ र सुमन शर्माले ६४ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेले ८२८ मत प्राप्त गरेका छन् भने यशोदादेवी पाण्डेले ४८७ मत प्राप्त गरेकी छिन् । महिला उपाध्यक्षमा खुमा खढ्काले ५६३, निरजा पोख्रेलले ५३५ र कमला लम्सालले २४१ मत प्राप्त गरेका छन् ।

सचिवमा धर्मेन्द्र श्रेष्ठ फाकिलो मतान्तरका साथ अग्र स्थानमा रहेका छन् । श्रेष्ठले ९८६ मत प्राप्त गरेका छन् भने दिनेश वलीले ३६६ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा टीकाराम वलीले ६२४, दिनेश आचार्यले ४६४ र पहलमान थापाले २४८ मत प्राप्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्