दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनको खुला सदस्यको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार तीन जना सदस्यका लागि भएको निर्वाचनमा ध्रुव केसीको प्यानलबाट उम्मेदवार दिएका तीनैजना महिला सदस्य विजयी भएका छन् ।
चुर्ण बहादुर वलीले २ हजार १८, निरज कुमार कार्की १ हजार ६ सय २ र नवीन पोख्रेल १ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् ।
सुरेश केसीले १ हजार ५ सय ३२, तुलसीराम दाहाल ८ सय,रामकुमार दाहाल ७ सय २८ र विजय कुमार गुप्ताले ६ सय ११ मत प्राप्त गरेका छन् ।


