काठमाडौमा छुरा प्रहारबाट एक जनाको हत्या – Kanika Khabar
Sunday, July 20Nepali News Portal

काठमाडौमा छुरा प्रहारबाट एक जनाको हत्या

    मा प्रकाशित

कनिका खबर
साउन ३०, काठमाडौँ ।
काठमाडौँमा छुरा प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लांको मनमैंजुमा छुरा प्रहार गरी एक जनाको हत्या गरिएको हो । नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट घाइते भएका उनको ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । दोर्जे तामाङले लक्ष्मणमाथि छुरा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । छुरा प्रहार गर्ने दोर्जे फरार छन् । दोर्जेको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको टोली खटिएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्