मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन चाईनिज भेपसहित दुई कन्टेनर नियन्त्रणमा – Kanika Khabar
Sunday, May 17Nepali News Portal

मुस्ताङको लोमान्थाङबाट ५९० कार्टुन चाईनिज भेपसहित दुई कन्टेनर नियन्त्रणमा

    मा प्रकाशित

पोखरा । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ५९० कार्टुन चाईनिज ईलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथि सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन् ।

ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाकाहुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ के.जी. खाली कार्टुन बक्स(सामान प्याक गर्न प्रयोग गरिने खाली बक्स) समेत रहेको थियो ।

नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाईएको सशस्त्रले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्