नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारिणी सदस्य दाहाललाई स्वागत तथा सम्मान – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारिणी सदस्य दाहाललाई स्वागत तथा सम्मान

    मा प्रकाशित

दाङ । नारायणपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र कुमार दाहाललाई संघले आज मङ्गलबार स्वागत तथा सम्मान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कार्यकारिणी सदस्यमा मनोनित भएका दाहाललाई संघले आज स्वागत तथा सम्मान गरेको हो ।

दाहाल हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशनमा कार्यकारिणी सदस्यमा मनोनित भएका थिए ।

काार्यक्रममा बोल्दै कार्यकारिणी सदस्य दाहालले नारायणपुर उद्योग वाणिज्य संघ परिवार, सम्पूर्ण पूर्व अध्यक्ष, उद्योगी व्यवसायीहरूप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका थिए । `उद्योग वाणिज्य संघको प्रदेश तहमा मलाई पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नारायणपुर उद्योग वाणिज्य संघ परिवार, संघका सम्पूर्ण पूर्व अध्यक्ष, उद्योगी व्यवसायीहरूप्रति आभार तथा कृतज्ञता ज्ञापन गर्दछु । दाङको उद्योग व्यवसायका मुद्दालाई लुम्बिनी प्रदेश तहसम्म पुर्याउन मेरो प्राथमिकता रहन्छ नै यसमा तपाईंहरूको रचनात्मक सहयोग अपरिहार्य छ ।` दाहालले बताए ।

संघका अध्यक्ष अनिल कुमार बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । संघका उद्योग उपाध्क्ष बसन्त न्यौपानेको स्वागत मन्तव्यबाट शुभाारम्भ भएको कार्यक्रमको सहजीकरण महासचिव जागेश्वर प्रसाद डाँगी (विष्णु) ले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्