बन्दीपुर गाउँपालिकामा एक हप्ताको लागि लकडाउन – Kanika Khabar
Monday, July 14Nepali News Portal

बन्दीपुर गाउँपालिकामा एक हप्ताको लागि लकडाउन

    मा प्रकाशित

कनिका बरे
साउन ३१, तनहुँ ।
तनहुँको बन्दीपुरगाउँपालिकामा एक हप्ताको लागि लकडाउन गरिएको छ । कोरोनाको जोखिम बढेको भन्दै पालिकाले साउन ३० गतेदेखि लागू हुनेगरी भदौ पाँच गते सम्मको लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा पूर्ण रुपमा बन्द गरेको हो । भानु नगरपालिका १ का २० जना व्यक्तिमा कोरोना पुष्टि भएपछि छिमेकी गाउँपालिका बन्दिपुरले एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिंह गुरुङले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्