नेपाली महिला क्रिकेट टिमको मलेसियाविरुद्ध लगातार दोस्रो जित – Kanika Khabar
Friday, May 22Nepali News Portal

नेपाली महिला क्रिकेट टिमको मलेसियाविरुद्ध लगातार दोस्रो जित

    मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको दोस्रो टी-२० खेल पनि जितेको छ । शुक्रबार सम्पन्न दोस्रो टी- २० मा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ८३ रनको लक्ष्य पछाएको नेपालले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३९ रन बनाएकी थिइन् भने कविता कुँवरले १९ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो ।

यसअघि बुधबार सम्पन्न पहिलो खेलमा नेपालले मलेसियालाई २ विकेटले पराजित गरेको थियो ।

नेपालले अब मे २५ देखि एशियन गेम्स क्वालिफायर्स अन्तर्गतका खेल खेल्दैछ भने जुन ३ देखि एसीसी वुमन्स प्रिमियर कप खेल्दैछ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्