मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत – Kanika Khabar
Friday, May 22Nepali News Portal

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

    मा प्रकाशित

जनकपुरधाम । कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले विश्वासको मत पाएको छ ।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ६२ मत परेपछि उनले प्रदेश सभाबाट विश्वासको मत पाएका हुन् ।

मत बिभाजनको प्रक्रियामा सय सांसद उपस्थित रहेका थिए भने विश्वासको मत लिने प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत परेको थियो ।

मुख्यमन्त्री यादवले यसअघि सत्ता गठबन्धनमा रहेका जनमत र जसपा नेपाललाई बाहिर राखेर एमाले र नेकपासँग सत्ता गठबन्धन गर्दै विश्वासको मत लिएका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्