सुन्दरबजार नगरपालिकाका पाँच वडामा निषेधाज्ञा – Kanika Khabar
Friday, April 26Nepali News Portal

सुन्दरबजार नगरपालिकाका पाँच वडामा निषेधाज्ञा

    मा प्रकाशित

शान्ता कमली
साउन ३१, लमजुङ ।
समुदायस्तरमै कोरोना भाइरसको सङ्क्रमण देखिएपछि लमजुङको सुन्दरबजार क्षेत्रमा निषेधाज्ञ जारी गरिएको छ । सुन्दरबजार नगरपालिका–७ का ३२ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएपछि सङ्क्रमण फैलन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले सुन्दरबजार नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ मा निषेधाज्ञा जारी गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । उनले सङ्क्रमित व्यक्ति समुदायस्तरमै घुलमिल भएको हुन सक्ने भन्दै सुन्दरबजार नगरपालिकाका पाँचवटा वडामा निषेधाज्ञा गरिएको बताए । प्रशासनले साउन ३० अर्थात् हिजोेदेखि अर्को व्यवस्था नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएका वडामा औषधि–उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक कामबाहेक बाहीर निस्कन रोक लगाइएको छ ।
लमजुङमा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या एक सय १२ पुगेको छ भने तीन जनाको उपचार भइरहेको छ । जिल्लाका एकसय नौ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्