पश्चिम नवलपरासी । नेपाली काँग्रेसको नवलपरासी पश्चिमका जिल्ला सदस्य एवं व्यवसायी विरेन्द्र कुमार अग्रहरी रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने र रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले नवलपरासी पश्चिमका अग्रहरीसहितका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
अग्रहरी नेपाली काँग्रेस नवलपरासी पश्चिमका निर्वाचित जिल्ला सदस्य हुन् भने उनी नेपाल उद्योग वाणिज्य पश्चिम नवलपरासीका पुर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
त्यस्तै अग्रहरीसहित उद्योग वाणिज्य संघ बुटवलका पूर्व अध्यक्ष नवराज श्रेष्ठले पनि कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका छन् ।
सो अवसरमा नवलपरासी पश्चिम- २ का सांसद नरेन्द्र कुमार गुप्ताको पनि उपस्थिति रहेको थियो ।


