जेम्समा विद्यालय कप्तान र उपकप्तान निर्वाचन सम्पन्न – Kanika Khabar
Friday, June 12Nepali News Portal

जेम्समा विद्यालय कप्तान र उपकप्तान निर्वाचन सम्पन्न

    मा प्रकाशित

घोराही । घोराही उपमहानगरपालिका–१३, बडहरा स्थित गोदावरी इङ्ग्लिस मिडियम स्कुल (GEMS) मा विद्यार्थी नेतृत्व चयनका लागि आयोजित कप्तान तथा उप–कप्तान निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालय प्रशासनले जनाएको छ।

निर्वाचनमा कक्षा ३ देखि माथि कक्षा १० सम्मका विद्यार्थीहरूको कुल ६१८ मत खसेको थियो। जसमध्ये ६१३ मत सदर र ५ मत बदर भएका थिए।

कप्तान पदका लागि भएको प्रतिस्पर्धामा रमिला ओलीले सर्वाधिक ४०७ मत प्राप्त गरी विजयी भएकी छन्। अन्य उम्मेदवारहरूमा आकाश डाँगीले १०९ मत, करन भुसालले ६४ मत र रितेज डाँगीले ३३ मत प्राप्त गरेका थिए।

त्यसैगरी उप–कप्तान पदतर्फ राज रावतले २४३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वीहरू सचिन ओलीले २२८ मत, दिनेश पाण्डेयले ७५ मत र समिर ओलीले ६७ मत प्राप्त गरेका थिए।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख तथा निर्वाचन अधिकृत शिक्षक प्रकाश खनालको संयोजनमा सम्पन्न उक्त निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ। निर्वाचन प्रक्रियामा शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहयोग रहेको थियो। शान्तिपूर्ण र सुव्यवस्थित तरिकाले निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन अधिकृत लगायत सम्पूर्ण शिक्षक , कर्मचारी र विद्यार्थीहरूलाई प्रबन्ध निर्देशक विष्णुप्रसाद दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
नव–निर्वाचित कप्तान रमिला ओली र उप–कप्तान राज रावतलाई बधाई दिँदै प्रिन्सिपल शेषमनी शर्माले निर्वाचित कप्तान र उपकप्तानले विद्यालयको अनुशासन, नेतृत्व विकास तथा विद्यार्थी हितका कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।
निर्वाचित कप्तान र उपकप्तानको सपथ ग्रहण तथा सम्मान कार्यक्रम आउँदो सोमबारका दिन तय भएको जानकारी विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश खनालले गराउनुभएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्